उत्तरी धादिङमा पहिरो, तीनजनाको मृत्यु, दुई बेपत्ता

धादिङ - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जांदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउंपालिका–५ स्थित सत्यदेवीको साईश्वांरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउंदा गोलेकी श्रीमती ३६ बर्षीया…