काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणमा जानु अघि १० बुँदे सुझाव दिएका छन्। भट्टरार्इले सुझावमा चीनसँग जोडिएका नाका खोल्न मुख्य प्राथमिकता दिनु पर्ने बताएका छन्। श्री सम्माननीय प्रधानमन्त्री ज्यु, नेपाल सरकार, काठमाण्डौं । चीनका महामहिम प्रधानमन्त्री श्री ली खछियाङको मैत्रीपूर्ण निमन्त्रणमा यहि २०७५ आषाढ…