नेता नेम्वाङले भने,’ बेपत्ता योद्धाको सपना नेकपाले पूरा गर्छ’

काठमाडौं– पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले शहीद तथा बेपत्ता य‍ोद्धाको सपना भर्खरै एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टीले पूरा गर्ने बताएका छन्।  पूर्वमाओवादीको कार्यालयमा साेमबार आयोजित बेपत्ता योद्धा स्मृति दिवसमा नेकपाका नेता नेम्वाङले सो धारणा राखेका हुन्। पहिलोपटक पेरिसडाँडा पुगेका नेम्वाङले मुलुकको परिवर्तनका लागि आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने योद्धाहरुको उच्च सम्मान गरे।  उनले भने,-"बेपत्ता योद्धाले देखेको सपना…