कैलाली - प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले अब तर्जुमा गर्ने सञ्चार नीति र कानूनबारे सञ्चारकर्मीले कुनै शंका गर्नु नपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडाँैद्वारा बिहिबार धनगढीमा आयोजित सञ्चार नीति र कानून विषयको एक अन्तरक्रियामा मुख्यमन्त्री भट्टले सबैले अपनत्व महसुस गर्न सक्ने किसिमको कानून बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताए…