काठमाण्डु – जुवातास खेल्दाखेल्दै प्रहरीले मकवानपुर, जुम्ला र काभ्रेबाट ३९ जनालाई पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–५ राजदमार बस्ने ४६ वर्षीय मिलन थिङको घरमा जुवा खेलिरहेको अवस्थामा मिलन समेत २२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय फापरवारी समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ८ लाख…