काठमाण्डु- पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बोलाएको छ।पाठकलाई पूर्वराजाको सचिवालयको औँचित्य स्पष्ट पार्न सोधपुछका लागि बोलाइएको प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनले भने, ‘पूर्वराजाको सचिवालयको अस्तित्व स्पष्ट पार्न पाठकलाई बोलाइएको छ। कानुनले पूर्वराजा शाहको सचिवालयलाई मान्यता दिँदैन।’ ‘श्री ५ महाधिराज सरकार भन्दै निकालिएका विज्ञप्तिदेखि संवाद सचिवालयको आधिकारिता…