रवि-बालेनले भारतीय प्रधानमन्त्रीलाई पत्र पठाएको भनिएको खबर झुटो हाे : रास्वपा

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्रीलाई पत्र पठाएको भन्ने खबर झुटो भएको बताएको छ। रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै नेपाल प्रेसले 'चुनावअघि नै रवि–बालेनको सत्ताभ्यास : संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र’ भन्ने शीर्षकमा छापेको समाचार आधिकारिक नभएको बताएका हुन्। खनालले उक्त भ्रामक समाचारप्रति पार्टीको…