काठमाण्डु - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बिहीबार दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ । पहिलो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । काठमान्डुले लिग चरणको अन्तिम खेल खेल्न लागेको…