स्थायी जागिरको लोभमा योजना बनाएर इन्जिनियर यादवको हत्या, यस्तो छ नालिबेली

काठमाण्डु- जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सव–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनामा नियुक्तिको अवसर हात पार्ने उद्देश्यले योजनाबद्ध हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले वैकल्पिक उम्मेदवार गणेश कुमार महतोसहित तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान तथा हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । सिरहा सुखीपुर नगरपालिका–…