काठमाण्डु - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरालाई पक्राउ गरेपछि कोलम्बिया, ग्रीनल्यान्ड र टर्कीलाई पनि धम्की दिएका छन् । भेनेजुएलामा मदुरोलाई सत्ताच्युत गरिएपछि राष्ट्रपति ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत गरेका छन् । ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्यान्डमा अमेरिकी नियन्त्रण हुनुपर्ने दाबी दोहोर्याएका छन् भने कोलम्बिया र क्युबालाई समेत चेतावनी दिएका छन्…