काठमाण्डु– श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि सरकारले काम गरिरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय भएको बताएका हुन् । उनले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरी कामहरु गर्नेछौ । भर्खरैमात्र युएइमा जाने…