जनताको दूत भएर सेवा प्रवाह गर्न सके मात्रै अबको पुस्ताले हामीलाई पत्याउँछ : गृहमन्त्री अर्याल 

पोखरा – गृहमन्त्री ओमप्रकाश अर्यालले नागरिक स्तरबाट बनेको गैरदलीय सरकार भएकाले सम्पूर्ण सुरक्षा संगठन र निजामती प्रशासनले पनि आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गरिदिन आग्रह गरेका छन् । सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन मन्तव्य दिँदै मन्त्री अर्यालले भने, ‘हाम्रो सेवा प्रवाहमा पहिलेभन्दा अझै बढी रफ्तार र सेवा भावको भावना झल्किने गरी…