काठमाण्डु - नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको विकल्प नरहेको बताइरहेका बेला संस्थापन पक्षीय नेता गुरुङले विशेष महाधिवेशन नहुने बताएका हुन् । गुरुङले केन्द्रीय कार्य समितिको बैठकमा आजसम्म विशेष र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिक रुपमा नआएको पनि उल्लेख गरेका…