काठमाण्डु – हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यता बुधबार काठमाढडु उपत्यकाको न्यूनतम तापक्रम तल झरेको छ। महाशाखाका अनुसार बुधबार बिहान ५ : ४५ बजे काठमाण्डुको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियसमा झरेको हो। मंगलबार काठमाण्डुको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस थियो ।




प्रतिक्रिया