काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । गृहसचिव राजकुमार श्रेष्ठ, ४ वटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरु, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट भएको बैठकमा…