चुनावी सुरक्षाको तयारी गर्दै गृह मन्त्रालय, आन्दोलनमा ध्वस्त ४४९ प्रहरी कार्यालय सञ्चालन

काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा ३ वटै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधनहरूको खरिद अनुमति प्राप्त भई प्रक्रिया अघि बढेको छ । गृह मन्त्रालयको सक्रियतापछि अर्थ मन्त्रालयले हालैको जेनजी प्रदर्शनपछि  पूर्णरूपले आगजनीमा परेर ध्वस्त भएका अत्यावश्यक सवारीसाधनहरूको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।…