एनपीएल : पोखराले लुम्बिनीलाई दियो जितका लागि १५१ रनको लक्ष्य

काठमाण्डु - नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको १७ औँ खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको हो। पोखराका लागि ओपनर ब्याटर एडम रोसिङ्टनले सर्वाधिक ८१ रन बनाए। उनले ६३ बलमा…