राष्ट्र बैंकको गभर्नरमा डा. भट्टलाई रोक्न माग गर्दै सर्वाेच्चमा रिट निवेदन

काठमाण्डु – नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. गुणाकर भट्टलाई नियुक्ति गर्न खोजिएको भन्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दर्ता भएको छ । बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. भट्टलाई गभर्नर नियुक्त गर्न खोजिएपछि सर्वाेच्चमा पुरक रिट निवेदन परेको हो । गत फागुन २७ गते सरकारले गभर्नरको नियुक्तिमा समेत लागू हुने गरी मापदण्ड संशोधन गरेको…