काठमाण्डु – आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो । भारतमा ५७.० प्रतिशत र अन्य मुलुकमा १०.७ प्रतिशतले निर्यात बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चीनतर्फको निर्यातमा ६६.७ प्रतिशतले कमी…