छठ पर्वको आज दोस्रो दिन, खरना गरिँदै

काठमाण्डु – छठपर्वको दोस्रो दिन आइतबार बर्तालुले ‘खरना’ विधि गर्दैछन् । कात्तिक शुक्ल चतुर्थी तिथिका दिन हिजो बेलुका ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका बर्तालु पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा जुटेका हुन् । बर्तालुले स्नान गरी दिनभर निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर देवता र छठी देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्परा छ ।…