काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई संकल्पअनुसार अघि बढ्न सुझाव दिएका छन् । समकालीन नेपाली सिनेमाका चर्चित ९ जना कलाकारले प्रधानमन्त्री कार्कीलाई बुधबार बालुवाटारमा भेटी भ्रष्टाचार विरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न सुझाव दिएका छन् । ‘सरकारसँग हामी केही माग्न आएका होइनौं,’ उनीहरूको भनाइ थियो, ‘यो देश…