सुनचाँदी व्यवसायीका माग जायज छन् : नेता निधि

काठमाण्डु – पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका नेता बिमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरूले राख्दै आएको माग जायज रहेको बताएका छन् । मंगलबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीसमक्ष आफ्नो धारणा राख्दै नेता निधिले आन्दोलित सुनचाँदी व्यवसायीहरूको माग जायज रहेको बताए । उनले सुनचाँदी विलासिताको साम्रगी नभएको धारणा राखे । नेता निधिले अर्थतन्त्रसँग सिधा जोडिएको वस्तुलाई विलासिता वस्तु भन्नु नमिल्ने बताए…