काठमाण्डु – निर्वाचन आयोगले दोलखाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका जगदिश खरेललाई निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधेको छ । माघ ६ गते उम्मेदवारी मनोनयनका क्रममा आचारसंहिता विपरीतका गतिविधि गरेको श्रव्यदृश्य (भिडियो) सामग्रीसहित उजुरी परेपछि आयोगले बिहीबार पत्र काट्दै स्पष्टीकरण मागेको हो । आयोगले खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ का विभिन्न बुँदाहरू उल्लंघन गरेको…