प्रधानमन्त्री कार्कीद्वारा अस्पताल पुगेर जेनजी आन्दोलनका घाइते बोहरासँग भेट

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा दुवै आँखा गुमाएका सुर्खेतको वीरेन्द्रनगर–२ भुरेलीका सन्तोष बोहराको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी उनले चिकित्सकहरूबाट उपचारको प्रगतिबारे राय सुनेकी र बोहरा परिवारसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत भदौ २४ गते सुर्खेतमा भएको प्रदर्शनका क्रममा गोली लागेर २४…