काठमाण्डु- संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध अभियान चलाउनेविरुद्ध समाजवादी मोर्चाले भण्डाफोर अभियान चलाउने भएको छ । सोमबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको समाजवादी मोर्चाको बैठकले व्यवस्था विरोधीविरुद्ध भण्डाफोर चलाउने निर्णय गरेको हो । बैठकले राजावादीहरूको आन्दोलनले पुर्याएको क्षतिपूर्ति उनीहरूबाटै भराउन माग गरेको छ । ‘२०६२/६३ को जनआन्दोलनपछिका उपलब्धीहरूलाई राजावादीहरूले नष्ट गर्ने षड्यन्त्र गरिरहेका छन्,…