राप्रपा नेताहरू रविन्द्र र धवल शम्शेरसहित ४१ जना म्याद थपका लागि अदालतमा पेश

काठमाण्डु – राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले जिल्ला अदालत काठमाण्डुमा पेश गरेको छ । तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनापछि पक्राउ परेकाहरूलाई म्याद थपका लागि आईतबार अदालतमा उपस्थित गराएको छ । त्यसअघि आरोपीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । म्याद थपको प्रक्रिया पुर्‍याएपछि जिल्ला अदालतमा उपस्थित गराइएको छ…