मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौँ : डा. शेखर कोइराला

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । मंगलबार आफू निकटका युवा कार्यकर्ताहरूसँग डा. कोइरालाले ढिलोमा पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका हुन् । काठमाण्डुको विशालनगरस्थितआफ्नो सम्पर्क कार्यालयमा मंगलबार बिहान पुगेका युवा नेताहरूसँगको भेटमा संस्थापनइतर पक्षका नेता कोइरालाले यस्तो बताएका हुन्। 'मैले पहिलेदेखि नै २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्‍यो भन्दै…