काठमाण्ड - भक्तपुरका नेवार समुदायले यस वर्षको तिहारमा कात्तिक ४ गते म्हः पूजा र ५ गते किजा पूजा (भाइटीका) मनाउने भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा तलेजुका पुजारीहरू तथा ज्योतिषहरू डा वीरेन्द्रप्रसाद कायष्त र केदारप्रसाद दैवज्ञ जोशीसहितको उपस्थितिमा छलफल गरी यस्तो निर्णय गरेको हो। तलेजुका पुजारीहरूको सुझाव र…