महिला एसियन कप छनोटमा नेपाल समूह एफमा

काठमाण्डु– एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप-२०२६ छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ । महासङ्घले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आज सर्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘एफ’मा परेको हो । नेपालको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । आगमी जुन महिनामा समूह ‘एफ’को छनोट खेल उज्बेकिस्तानमा हुनेछ । नेपालले आफ्नो समूहमा शीर्षस्थान हात पार्न सके…