दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले मंगलबार प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई गएराति पक्राउ गरिएको थियो । उनीमाथि शान्ति सुरक्षामा खलल पुर्‍याएको, हिंसा भड्काउने खालका अभिव्यक्ती दिएको आरोप छ।