काठमाण्डु – निरन्तरको वर्षापछि आएको बाढीपहिरोमा परी भारत पश्चिम बंगालको दार्जिलिङमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ, मृत्यु हुनेमा अधिकांश नेपालीभाषी छन् । निरन्तर वर्षाका कारण पहाडी शहर र आसपासका क्षेत्रहरूमा १ दशककै सबैभन्दा ठूलो पहिरो गएको छ । पहिरोले घरहरू बगाएको छ, सडकहरूमा क्षति पुगेको…