काठमाण्डु- राजावादी प्रदर्शनकारीले काठमाडौँका ठाउँ ठाउँमा आगजनी र तोडफोड गर्न थालेपछि सुरक्षाप्रमुखहरूको आकस्मिक बैठक बोलाइएको छ । राजावादी प्रदर्शनकारी हिंसात्मक हुन थालेपछि गृहमन्त्री रमेश लेखकले सुरक्षाप्रमुखसँग बैठक राखेका हुन्। अहिले गृहमन्त्रालयमा बैठक जारी रहेको छ ।