कहाँ छन् दुर्गा प्रसाईं ?

काठमाण्डु- शुक्रबार भएको राजावादीको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं फरार भएका छन् । तीनकुनेमा प्रदर्शनकारीहरूलाई उस्काउँदै तीव्र गतिमा आफैले गाडी चलाएर भागेका उनी त्यसपछि सम्पर्कमा आएका छैनन् । तर, राति अबेरसम्म उनले सामाजिक सञ्जालमा भने अपडेट गरेको पाइएको छ । यता प्रदर्शनकारीलाई उक्साएर आन्दोलन हिंसात्मक बनाएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित पक्राउ…