काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार सभमुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्षी दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बीचको छलफलले ओलीले संसद्लाई सम्बोधन गर्ने सहमति भएको हो । उक्त दिन प्रधानमन्त्रीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बदर्खास्त गरेको विषयमा बोल्ने छन् ।…