विपद् जोखिम पूर्वानुमानपछि माओवादी कार्यकर्तालाई संयोजक प्रचण्डको निर्देशन

काठमाण्डु – नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम बढिरहेका बेला पार्टीका नेता–कार्यकर्तालाई जनतासँगै रहेर सक्रियतापूर्वक जुट्न निर्देशन दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबूकमार्फत निर्देशन दिँदै उनले मौसम विज्ञान विभागले जारी गरेको चेतावनीअनुसार देशका विभिन्न क्षेत्रमा उच्च जोखिम देखिएको भन्दै जनसमुदायलाई सतर्क रहन अपिल गरेका छन् ।…