इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति मलेसियाबाट पक्राउ

काठमाण्डु – ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रौतहट कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाशप्रसाद कुशवाहा पक्राउ परेका छन् । एनसीबी क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ । मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको…