पूर्वाधारमन्त्री घिसिङ र चिनियाँ राजदूतबीच भेटवार्ता, सडक मर्मतका विषयमा छलफल

काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बुधबार सिंहदरबारमा नेपालका लागि चीनका राजदूत चेन सोङसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा राजदूत सोङले नवनियुक्त मन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। दुवैबीचको छलफलमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका आयोजना, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहयोगमा सञ्चालन भएका आयोजनाको…