काठमाण्डु – सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापालाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं आईजीपी नियुक्त गरेको छ । महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी सोमबारबाट बिदा भएपछि थापालाई नियुक्त गरिएको छ । थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख थिए । थापासँगै प्रहरी…