काठमाण्डु - एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३३ सदस्यलाई प्रारम्भिक टोलीको प्रशिक्षणमा बोलाएको हो। समूह एफमा रहेको नेपालले अक्टोबर ९ र १४ तारिखमा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ। मुख्य प्रशिक्षक म्याट रसले छनोटअन्तर्गत तेस्रो चरणमा भियतनामविरुद्ध…