एनएसएलको खेल तालिका सार्वजनिक

काठमाण्डु – नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ । लिगको उद्घाटन खेलमा चैत १६ गते साविक विजेता ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सले खेल्ने भएका छन् । प्रतियोगिता दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । तेस्रो संस्करणमा काठमाण्डौ, ललितपुर, पोखरा, झापा, धनगढी, बुटवल र चितवन गरी…