काठमाण्डु– निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ । आयोगले मंसिर ६ गतेसम्म नयाँ दल दर्ताको निवेदन दिन सकिने बनाएको हो । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो । यस्तै आयोगले आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ । प्रवक्ता नारायणप्रसाद…