काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी पुस्ताका धेरै नागरिकहरू मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रवासमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्न हालै सरकारले देखाएको चासोलाई स्वागत गर्दै रास्वपाले सक्रिय सहकार्य गर्ने प्रतिबद्धता…