रास्वपा सांसद डा. तोसिमाको सांसद पद जोगियो, मागदाबी बमोजिम रिट जारी

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीको सांसद पद जोगिएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिँदा मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि उनी अदालत पुगेकी थिइन् । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि उनले उम्मेदवारी दिएर चुनावमा उम्मेदवार हुन पाएकी…