काठमाण्डु - सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। नेपाल–भारत सीमा सुरक्षा बैठक चलिरहेका बेला बेहोस भएर ढलेका घिमिरेको गएराति निधन भएको हो। मोरङको विराटचोकमा शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित समकक्ष समन्वय बैठक चलिरहेको थियो । बैठक चलिरहेका बेला उनी बेहोस भएर ढलेका थिए।…