राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा एआई र डेटा सुरक्षामा सहकार्य गर्ने प्रतिबद्धता

काठमाण्डु – जङ्गीअड्डामा आयोजित छैटौँ संस्करणको १ दिवसीय ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३’ बुधबार सम्पन्न भएको छ । प्रधानसेनापति महारथी अशोकराज सिग्देलले विशेष समारोहबिच गोष्ठीको समापन गरे । वर्तमान विश्वमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दै गएका साइबर चुनौती, डेटा चुहावट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जित हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सेनाले गोष्ठी आयोजना गरेको…