काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्री एयरलाइन्सको जहाजभित्र यात्रुहरुबीच होहल्ला भएपछि सो जहाज धावनमार्गबाट फर्काइएको छ । जहाजभित्र यात्रुबीच होहल्ला भएपछि अन्तर्राष्ट्रिय नियमअनुसार नै ग्राउण्ड भए फर्काउने र आकाशमा भए आकस्मिक अवतरण गराइने गरेकाे र साेही अनुरूप फर्काइएको श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । पार्किङमा फर्काइएको जहाजका यात्रुबीच मिलापत्र गरी सोही जहाज पुनः…