काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानून निर्माणको तयारीलाई तीव्र पारेका छन् । आईतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृह मन्त्रालयमा बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरेका गृहमन्त्री लेखकले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ब्रिफिङ’ गरेका थिए । दुवै प्रहरीको कानूनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा…