काठमाण्डु – त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनिष शाक्यबाहेक जहाजमा सवार सवैको मृत्यु भएको छ । जहाजमा १९ जना सवार रहेको जानकारी आफूहरूले पाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले जहाजमा १९ जना यात्रु रहेको र १८ जनाको शव फेला परेको जानकारी दिए…