काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विवादमा परेकाहरूलाई संरक्षण गर्न थालेका छन् । बुधबार उपप्रधान मन्त्रीस्तरीय निर्णयमा भएको सहसचिवस्तरका कर्मचारीहरूलाई प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका अन्य विभागमा सरुवा गर्दा तथा नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक (डिआइजीपी)हरूलाई नयाँ जिम्मेवारीमा खटाउँदा केही विवादितलाई आकर्षक जिम्मेवारी दिएका हुन् । मन्त्रालय मातहतका निकायमा रहेका सहसचिवस्तरका कर्मचारीहरूको सरुवा मन्त्रीस्तरीय…