काठमाण्डु – काठमाडौँको माइतीघरमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। आइतबार बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको मन्त्री राईको गाडीका चालक रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर फर्किएर मोटरसाइकल चालकसँग सहमती गरेका छन्…